परिचय
नेपालमा हुलाक सेवा
नेपालमा वि. सं. १९३५ मा“नेपाल हुलाक घरʺको स्थापना सँगै औपचारिक रुपमा हुलाक सेवा प्रारम्भ भएको हो । हुलाक सेवा नेपालको सबैभन्दा पुरानो सरकारी सेवा प्रदायक संस्थाहरुमा पर्छ ।यस सेवाले नागरिकलार्इ अनिवार्य तथा व्यवसायिक सेवा प्रदान गर्दै आएको छ ।हुलाक सेवा अन्तर्गत हाल सम्म आर्इपुग्दा नेपालभरी कार्यालयहरुको संख्या विस्तार हुँदै जम्मा ३९९७ पुगेको छ ।यस सेवाले राष्ट्रमा पारिवारिक तथा सामाजिक विविधतालार्इ एकसूत्रमा बाँध्न सहयोग पुर्याउदै आएको छ ।वास्तवमा हुलाक सेवाGlobal Villageको अवधारणालाई सहयोग पुर्याउने एउटा सेवा हो ।सन् १९५६ माUniversal Postal Union (UPU)को सदस्यता तथा सन्१९८२ माAsia Pacific Postal Union (APPU)को सदस्यता लिईनेपाल हुलाकले अन्तर्राष्ट्रियस्तरको डाँक सेवा मा आफ्नो पहुँच विस्तार गरेको छ ।
हुलाकबाट प्रवाह हुने अनिवार्य सेवा अन्तर्गत चिठ्ठीपत्र,पुलिन्दा,हुलाक मञ्जुषा पर्छन ।त्यस्तै,व्यवसायिक सेवा तर्फ द्रुत डाँक र हुलाक बचत बैंक पर्छन्।वर्तमान सञ्चार प्रविधिमा भएको व्यापक विस्तार तथा निजी डाँक सेवासँग प्रतिस्पर्धाको चुनौती सामना गर्नका लागि नेपाल हुलाकले वि.सं.२०७३ सालदेखि आन्तरिक ट्रयाकिङ्ग प्रणाली[Postal Internal Tracking System(PITS) ]का साथै काठमाडौं उपत्यकाभित्र घुम्ती हुलाक सेवा पनि विस्तार गरेको छ ।
हुलाक ऐन,२०१९ तथा नियमावली,२०२० लगायतका नीतिगत आधारमा सञ्चालित नेपालको हुलाकले जनताको घर-दैलो सम्म पुगेर चिठ्ठीपत्र ओसार-पोसार गर्ने परम्परागत कार्यलाई निरन्तरता दिंदै निजी क्षेत्र प्रतिस्पर्धी रहेको ई.एम.एस.जस्तो नितान्त व्यावसायिक सेवालाई समेत सञ्चालन गरिरहेको छ । पछिल्ला दिनहरूमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको विकासले हुलाक सेवाको परम्परागत कार्यक्षेत्रलाई सीमित तुल्याउँदै लगेको भएतापनि वैकल्पिक सेवाका क्षेत्रहरूको खोजी गर्दै हुलाक सेवालाई सुदृढ गर्ने प्रयासहरू निरन्तर भैरहेका छन् ।
हुलाक सेवालाई समय सापेक्ष परिवर्तनको चुनौती सामना गर्न सक्ने खालको सबल,सक्षम र प्रभाबकारी संस्थाको रूपमा रूपान्तरण गर्नु अपरिहार्य छ।अहिले हुलाक सेवा,सेवा मात्र नभएर व्यवसाय पनि बनेको छ । हुलाक वस्तु ओसार-पसार गर्ने निजी क्षेत्रका कुरियर कम्पनीहरूको बढ्दो उपस्थितिले हुलाक एक राम्रो व्यवसाय हो भन्ने पुष्टि गर्दछ । मुलुकभर ठूलो सञ्जाल रहेको र सस्तो सेवा उपलब्ध गराउने हुनाले निजी कुरियरहरुले समेत सरकारी हुलाक सेवाको प्रयोग गर्ने गरेका छन्। तसर्थ,हुलाकको सर्वव्यापी मान्यता र सिद्धान्तको प्रतिकूल नहुने गरी आवश्यक व्यावसायिक सेवाहरु थप गरी,उपयुक्त व्यवस्थापन शैलीको अनुशरण गर्दै राज्यको ढाँचा अनुकूल पुनर्संरचना गर्नु आवश्यक छ ।
'जिल्ला हुलाक कार्यालय उदयपुरको संक्षिप्त परिचय'
जिल्ला स्तरमा हुलाकबाट प्रदान गरिने सबै सेवाहरु उपलब्ध गराउने तथा विभिन्न ठाँउमा हुलाक वस्तु आदान प्रदान गर्नका लागी जिल्ला हुलाक कार्यालयको स्थापना भएको हो। जिल्ला हुलाक कार्यालय उदयपुर हुलाक सेवा विभाग अन्तर्गत कार्य संचालन स्तरको एक कार्यालय हो जस अन्तर्गत साविकमा ११ वटा ईलाका हुलाक कार्यालयहरु रहेकोमा हुलाकको पुनर्संरचना पश्चात कायम भएका एक स्थानीय तह एक हुलाक अन्तर्गतका ७ वटा स्थानीय हुलाक कार्यलय, जिल्ला हुलाक कार्यालय रहेको स्थानीय तहमा कायम भएको १ वटा हुलाक काउण्टर तथा साविकमा ३५ वटा अतिरिक्त हुलाक कार्यालय रहेकोमा अतिरिक्त हुलाक नियमावली (पाँचौ संशोधन सहित), २०३४ बमोजिम शुन्य दरबन्दी भई खारेज भए पश्चात हाल २८ वटा अतिरिक्त हुलाक कार्यालयहरु संचालनमा रहेका छन ।
जिल्ला हुलाक कार्यालय उदयपुरका मुख्य-मुख्य कार्यहरु
१. रजिष्ट्री चिठीपत्र पुलिन्दा दर्ता तथा वितरण र हुलाक टिकट बिक्री ।
२. डांक संकलन तथा ओसार पाेसार ।
३. पाेष्ट बक्स संचालन ।
४. ५ सय वाट सम्मकाे रेिडयाे एफ एम तथा केवल टिभीहरुकाे इजाजतपत्र र लाईसेन्स नविकरण ।
५. लाेक कल्याणकारी विज्ञापन वापत वर्गीकृत पत्रपत्रिकाहरुकाे दर्ता तथा भुक्तानी ।
७. अनलाइन मिडियाहरुकाे इजाजतपत्र नविकरण ।
८. प्रेस प्रमाणपत्र नविकरण ।
९. जनगुनासाे व्यवस्थापन ।