स्वदेशभित्र र विदेशमा समेत हुलाक वस्तुको आदान प्रदान गराउने मुख्य र जिम्मेवार निकायको रुपमा हुलाक सेवा विभाग रहेको छ। मुलुकभर हुलाक सेवाको सञ्चालन र व्यवस्थापन गर्ने केन्द्रीय निकायको रुपमा रहेको यस विभागको दीर्घकालीन सोच, गन्तव्य र मूल उद्देश्य यस प्रकार रहेको छ।
१. दीर्घकालीन सोच
- स्वायत्त, प्रतिस्पर्धी र व्यावसायिक हुलाक सेवा।
२. गन्तव्य
- उपयुक्त संस्थागत, संरचनागत र कानूनी व्यवस्थाका माध्यमबाट जनचाहना अनुरुपको हुलाक सेवा सुनिश्चित गर्ने।
३. मूल उद्देश्य
- समतामूलक ढंगबाट आधारभूत र व्यावसायिक हुलाक प्रणालीको सञ्चालन र व्यवस्थापन गर्ने।